सुरुवात तपाइको विचारबाटै

तेह्रथुमको प्रदेश सभामा कांग्रेसलाई जनता समाजवादीको समर्थन

२३ कात्तिक, तेह्रथुम । जनता समाजवादी पार्टीले तेह्रथुमको प्रदेश सभा १ मा नेपाली कांग्रेसलाई समर्थन गरेको छ ।

जसपाका उम्मेदवार सूर्यबहादुर लिम्बुले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको घोषणा गर्दै कांग्रेस उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्ने बताएका छन् । सुब्बालाई यहाँ सत्ता गठबन्धनको साथ छ ।

जसपाले देशका अन्य स्थानमा नेकपा एमालेसँग तालमेल गरेको भए पनि तेह्रथुमको प्रदेश सभा १ मा भने कांग्रेसलाई समर्थन गरेको हो ।

लिम्बुले उम्मेदवारी निस्क्रिय गरेसँगै अब तेह्रथुम प्रदेश सभा १ मा ८ जना चुनावी मैदानमा छन् ।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *