अमिताभ बच्चनले भने- म हात जोडेर भन्छु, कृपया हलमा गएर फिल्म हेरिदिनुहोस्

बलिउड अभिनेता अमिताभ बच्चन अभिनीत फिल्म ‘उचाई’ कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

हालै अमिताभले आफ्नो शो ‘कोन बनेगा करोडपति’ मा ‘उचाई’ का अन्य कलाकार नीना गुप्ता, बोमन इरानी र अनुपम खेरलाई बोलाएका थिए। उक्त शोमा अमिताभ, नीना, बोमन र अनुपमले निकै रमाइलो गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा उल्लेख छ।

यसैबीच अमिताभले दुई हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका छन्।

‘टिकट काटेर हलमा फिल्म हेर्नुको जुन मज्जा हुन्छ, त्यो बैग्लै हुन्छ। कृपया हामीलाई हेर्न हलमा जानुहोला। आजकल धेरै महामारी फैलिरहेको छ। त्यसैले हलमा गएर फिल्म हेर्न दर्शकहरू हिच्किचाइरहेका छन्। म हात जोडेर भन्छु, टिकट काटेर फिल्म हेरिदिनुहोस्,’ उनले भने।

नीना गुप्ताले टिकटको मूल्य तीन/चार सयबाट घटेर १५० रूपैयाँ भएको बताइन्। त्यस्तै उनले अमिताभलाई यो कुरा दर्शकलाई पनि बताउन आग्रह गरेकी छन्।

यो फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्। 

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन्।

मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन, अनुपम, नीनासँगै परिणिती चाेपडा, डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्। 

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बेलामा नबोल्ने सेलिब्रिटीको नाममा

जिब्रोले पहिचान गर्ने केही मूलभूत स्वादमध्ये तीतो पनि एक हो । तीतो स्वाद त्यति रुचिकर त लाग्दैन, तर यसमा औषधीय गुण सम्मिलित हुन्छ । औषधि तीतो हुन्छ । जडीबुटी तीतो हुन्छ । कुरा पनि ‘तीतो’ त्यति सहजै पच्दैन । तर तीतो कुराले नै सत्यको उद्घाटन गर्छ । कुरा सुरु गरौं, तीतो-सत्यबाटै । थुप्रै नेपाली सेलिब्रिटी […]

Read More

आफ्नो बिमारीलाई लिएर सामन्था भन्छिन्, ‘म मरिसकेकी छैन’

भारतीय अभिनेत्री सामन्था रूथ प्रभु रोगसँग लडिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत बिरामी भएको खबर सार्वजनिक गरेकी हुन्। सामन्थाका अनुसार उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको हो। यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ। गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ।  डाक्टरहरूले आफ्नो रोग पूर्ण रूपमा निको हुने बताएकी छन्। आफूलाई केही महिनाअघि नै […]

Read More

मन्नू भण्डारीको ‘एक कहानी यह भी’ : एक शक्तिशाली आत्मकथा

मन्नू भण्डारी मेरा लागि चिरपरिचित लेखिका हुन् । ३० दशकमा साहित्यमा पदार्पण गरेदेखि नै उनका रचना र पुस्तकहरु पढेको हुँ । उनको ‘आपका बन्टी’ उपन्यास पढ्दा कैयौंपल्ट आँखा भिजाएको हुँ, ‘महाभोज’ पढ्दा विकृत राजनीतिबारे आक्रोशित भएको पनि हुँ । यो उपन्यासको नाट्य रुपान्तर भएर किताबको रुपमा प्रकाशित भएको पनि देखेको हुँ । यद्यपि नाट्य रुपान्तर […]

Read More