आरोहीको शव खोज्न ‘म्यान भर्सेस वाइल्ड’ प्रस्तोता नेपाल आएको डेलीमेलको खुलासा

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा एड्भेन्चर बियर ग्रिल्स गत साता नेपाल भ्रमणमा थिए । एक साता यहाँ रहेका उनी सपरिवार लुक्ला र पोखरा घुम्न पुगे । लुक्लामा स्काई डाइभ गर्न पुगेका उनले त्यसपछि पर्यटकीय नगरी पोखरा पुगेर बन्जी जम्प पनि गरे ।

तर उनी नेपाल घुम्नभन्दा अर्कै मिसन लिएर आइपुगेको चर्चित बेलायती अखबार डेलीमेलले दाबी गरेको छ । मंगलबारको अनलाइन संस्करणमा प्रकाशित खबरअनुसार सगरमाथा आरोहणमा हराएको भनिएका माइकल म्याथ्युलाई खोज्न उनी आइपुगेको उल्लेख छ ।

डेलीमेलका अनुसार पिप मिडल्टन (बेलायती राजकुमारी केट मिडल्टनकी बहिनी)को देवरको शव खोज्न बियर ग्रिल्स नेपाल आइपुगेका थिए । बेलायतका कान्छा सगरमाथा आरोहीको रेकर्ड बनाएलगत्तै म्याथ्यु हिम दुर्घटनामा परेको जनाइएको छ ।

हिम दुर्घटनामा निधन भएका आरोही माइकल म्याथ्यु

अक्सफोर्ड युनियनसँगको संवादमा ग्रिल्सले म्याथ्युको शव खोजीबारे उल्लेख गरेका छन् । ‘केही पश्चिमा आरोहीसहित १० नेपालीको उत्कृष्ट टिम हामीसँग थियो । हामीले एउटा शव पनि निकालेका थियौं, तर त्यहाँ म्याथ्युको शव थिएन,’ ग्रिल्सले भने ।

नेपालमा रहँदा ग्रिल्सले निर्मल पुर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडिसनमार्फत लुक्ला भ्रमण गरेका थिए ।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

किन ज्यानभन्दा स्वतन्त्रता प्यारो युक्रेनीहरूलाई ?

धेरै नेपालीहरूको रूस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति अचम्मको लगाव छ। उनीहरू सोच्छन्- युक्रेन मामिलामा पुटिनका सबै मागहरू अमेरिका र युरोपले मानिदिएको भए यत्रो युद्धै हुँदैन थियो। हजारौं मानिसको ज्यान बच्थ्यो। लाखौं घाइते हुँदैन थिए। दसौं लाख मानिस विस्थापित हुनु पर्दैन थियो। आखिर पुटिनले रूसको सुरक्षा त मागेका थिए। उनको देशलाई नेटोले घेराबन्दी गर्न के जरूरी थियो? युक्रेनसित व्यापार सम्झौताका […]

Read More

बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा २ जनाको मृत्यु

२४ कात्तिक, काठमाडौं । काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना […]

Read More

‘खतराको घण्टी’ हो डोटी भूकम्प

मंगलबार राति गएको भूकम्पले डोटीमा भत्किएका घर २३ कात्तिक, काठमाडौं । मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए । दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५.७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान […]

Read More