साफ यू–१५ महिला च्याम्पियनसिप : लगातार तेस्रो जितसहित नेपाल उपाधि नजिक

२३ कात्तिक, काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ ।

बंगलादेशको बीएसएसएस मुस्तफा कमल मैदानमा दोस्रो हाफको सुरुमै सब्स्टिच्युड सेनु परियारले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले ४९औं मिनेटमा गोल गरेकी थिइन् ।

यो जितसँगै नेपालले उपाधिको सम्भावना बलियो बनाएको छ । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि भुटानलाई नै ७–० ले हराएको नेपालले घरेलु टोली बंगलादेशमाथि १-० गोलअन्तरको जित रचेको थियो ।

तीन टोली सम्मिलित प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा खेलाइएको छ । भुटानले नेपाल र बंगलादेशसँग दुवै खेलमा पराजित भएपछि नेपाल र बंगलादेशबीच हुने प्रतियोगिताको अन्तिम खेलले उपाधिको छिनोफानो लगाउनेछ ।

नेपालसँग पराजित भए पनि बंगलादेशले भुटानमाथि क्रमसः ८-० र ९-० को जित हासिल गरेको थियो । प्रतियोगितामा नेपालले अहिलेसम्म गोल ब्यहोरेको छैन । बंगलादेशसँग हुने अन्तिम खेल बराबरीमा रोके पनि नेपालले उपाधि जित्नेछ ।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विश्वकपको उदघाटन खेलमा आयोजक कतार को हार

५ मंसिर, काठमाडौं । आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए […]

Read More

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

२४ कात्तिक, काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ । फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू […]

Read More