Day: November 14, 2022
किन ज्यानभन्दा स्वतन्त्रता प्यारो युक्रेनीहरूलाई ?
धेरै नेपालीहरूको रूस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति अचम्मको लगाव छ। उनीहरू सोच्छन्- युक्रेन मामिलामा पुटिनका सबै मागहरू अमेरिका र युरोपले मानिदिएको भए यत्रो युद्धै हुँदैन थियो। हजारौं मानिसको ज्यान बच्थ्यो। लाखौं घाइते हुँदैन थिए। दसौं लाख मानिस विस्थापित हुनु पर्दैन थियो। आखिर पुटिनले रूसको सुरक्षा त मागेका थिए। उनको देशलाई नेटोले घेराबन्दी गर्न के जरूरी थियो? युक्रेनसित व्यापार सम्झौताका […]
Read Moreचेतनाको विद्रोह चुनावले जन्माएको
लोकतन्त्रको एउटा सबैभन्दा ठूलो सुन्दरता भनेकै आवधिक निर्वाचन हो । शक्तिको केन्द्रमा बसेर राज्य सत्ताको बागडोर सम्हाल्ने एवं राज्यको नीति र्निमाण तहमा पुग्ने राजनीतिककर्मीहरु पुनः जनताको विचमा परीक्षण हुने, नयाँ नेतृत्वहरु थपिने र आम मानिसको हातमा सत्ताको चाबी आउने अभूतपूर्व पर्व हो निर्वाचन । संसारका चुनावमा देखिएका पुँजीवादी एवं पैसा हुनेहरुको हस्तक्षेप र गलत अभ्यासका […]
Read Moreके आदिवासी जनजाति असक्षम हुन् ?
आदिवासी, जनजाति र दलितहरु असक्षम भएकाले नै कर्मचारी तन्त्र, राज्य तथा गैरराज्यका विभिन्न महत्वपूर्ण निकायका महत्वपूर्ण पदहरुबाट बहिस्करणमा परेका हुन् भन्ने सोच नेपाली जनमानसमा व्यापक छ । कुनै जातजाति सक्षम हुन्छन् र कोही असक्षम हुन्छन् भन्ने चरम जातीय सोच हो भनेर संसारमा स्थापित भइसकेता पनि नेपालमा यस्ता दृष्टिकोण ‘शिक्षित’हरु माझ पनि ब्यापक रहेकाले तिनलाई चिर्न […]
Read Moreचार उम्मेदवार यो चुनावमा मैले सिफारिस गर्ने
यहाँ मायाको छ चिन्ता देशका बारेमा अति धेरै चिन्ता र आक्रोश मलाई मन पर्दैन। तर, म आफैं पनि यो पाखण्डबाट पूर्णरूपमा मुक्त छैन। हाम्रो सामाजिकीकरणले देशप्रति चासो र चिन्ता गर्न सिकाएको छ। पञ्चायतले यही सिकायो, बहुदल आएपछि नेताले यही सिकाए। ‘तिमी आफू को हौ भन्ने बिर्स। आफ्नो उद्देश्य र लक्ष्य बिर्स। आफ्नो रहर र खुशी […]
Read Moreमैले किन हाल्ने भोट ?
आजभन्दा २६ वर्ष अगाडिको कुरा हो । यो अवधि मेरो लागि एक युग हो । म क्यानडाको नोभास्केशिया राज्यको एण्टी गोनिस भन्ने ठाउँमा पढ्दैथिएँ । सो राज्यको हेलिफ्याक्सलाई संसारले खासै चिन्दैन । तर टाइटानिक जहाज र त्यसमा बनेको फिल्मलाई सम्झिने व्यक्तिहरूले यसलाई सो जहाज डुबेको ठाउँ भनेर चिन्दछन् । सो क्षेत्रमा म पाँच महिना बस्दा […]
Read Moreएकपटक सोचौं मतदानगर्नुअघि- किन,कसलाई,केका लागि भोट दिने ?
‘भोट’ एक औपचारिकता, केही मिनेट लाइन बसेर लगाइने एक छाप मात्र हैन । भोट लोकतन्त्रको सार हो । भोट नागरिक सार्वभौमसत्ताको अवधारणाबाट निसृत छ । नागरिक चाहे धनी होस् वा गरिब वा जुनसुकै जात, वर्ण, लिंग, धर्म र समुदायको– सबैको भोट एक र बराबर हो । लोकतन्त्रमा राज्यशक्तिका स्रोत नागरिक हुुन् । र, त्यो शक्ति […]
Read More