मैले किन हाल्ने भोट ?

आजभन्दा २६ वर्ष अगाडिको कुरा हो । यो अवधि मेरो लागि एक युग हो । म क्यानडाको नोभास्केशिया राज्यको एण्टी गोनिस भन्ने ठाउँमा पढ्दैथिएँ । सो राज्यको हेलिफ्याक्सलाई संसारले खासै चिन्दैन । तर टाइटानिक जहाज र त्यसमा बनेको फिल्मलाई सम्झिने व्यक्तिहरूले यसलाई सो जहाज डुबेको ठाउँ भनेर चिन्दछन् ।

सो क्षेत्रमा म पाँच महिना बस्दा एक दिन हावाहुरी र पानी समेत आयो । त्यसले केही रूख-बिरुवा ढाल्यो, खोलानालामा सामान्य बाढी आयो । त्यहाँको पानी वितरण गर्ने प्रणालीमा धमिलो पानी आयो । धाराबाट आउने पानी अर्को सूचना जारी नभएसम्म नपिउनु भनेर त्यहाँको स्थानीय सरकारले रेडियोमार्फत सूचना जारी गरिहाल्यो । त्यो पनि एक दिनभन्दा बढी भएन ।

त्यस्तो हावाहुरी र वषर्ात् हुँदा पनि त्यहाँको विद्युत्लगायत कुनै पनि सार्वजनिक सेवा प्रभावित भएन । उत्तरी गोलार्द्ध नजिक पर्ने भएको हुँदा अक्टोबर महिनादेखि हिउँ पर्छ र त्यो मार्च महिनासम्म रहन्छ अर्थात् ६ महिना । हिउँ मात्रै पर्दा जनजीवन र यातायातमा धेरै फरक पर्दैन तर तापक्रम कम हुँदै माइनस ४० डिग्री सेन्टिग्रेडसम्म पुग्दा हिउँको साथ साथै पानी र बरफ पनि पर्दोरहेछ ।

हिउँ, पानी र बरफ सँगसँगै पर्ने अवस्थालाई खतरनाक मानिंदोरहेछ, किनकि यस्तोमा सडकहरू अत्यन्त खतरनाक हुने, त्यस्ता सडकमा गाडीहरू चिप्लिएर दुर्घटना अत्यधिक मात्रामा हुने रहेछन् । यस्तोबाट बचाउन वा कम गर्न सडकमा नुन फ्याँकिदोरहेछ र अन्य सुरक्षाका उपाय अपनाइँदोरहेछ ।

यसरी सयौं किलोमिटर बाटोमा ट्रकका ट्रक नुन फाल्नु कम्ती चुनौतीको विषय होइन, नुन फाल्नु भन्दा पहिले हिउँ र बरफ सकेसम्म पन्छाउने काम पनि हुँदोरहेछ । हाम्रो यहाँ पहाडी कच्ची सडकमा बर्सेनि दुर्घटनामा सयौंले ज्यान गुमाए जस्तै क्यानाडा जस्तो विकसित देशमा सडकमा हुने ब्ल्याक आइस जुन अदृश्य हुन्छ त्यस्तोमा ठोक्किएर पनि धेरैले ज्यान गुमाउँदा रहेछन् ।

त्यहाँ रहँदा म बसेकै शहरीकी २८ वर्षीया युवतीले ज्यान गुमाइन् । जसको शोक सभामा म पनि पुगेको थिएँ । यी सबै कुरा हेर्दा विकसित देशमा पनि जीवनलाई सहज बनाउन कति स्रोतसाधन र श्रम खर्च गर्नुपर्दोरहेछ भन्ने देखिन्छ । तर उनीहरूले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राखेर जीवनलाई सहज र आरामदायी बनाएका छन् । उनीहरूले गार्हस्थ्य उत्पादनको धेरै स्रोत त्यसमा खर्च गरिरहेका छन् ।

आजभन्दा २२ वर्ष पहिले थाइल्याण्डको बैंकक्मा एक महिना बस्ने अवसर मिलेको थियो । हामीलाई तालिम दिइएको चुलालंकन विश्वविद्यालयको परिसर र त्यहाँको सुविधा कुनै पाँचतारे होटलको भन्दा कम थिएन, त्यहाँ बसुन्जेल हाम्रो त्रिभुवन विश्वविद्यालयको हालत सम्झिरहें ।

म यो देशको नियमित करदाता हुँ मैले तिरेको करबाट यहाँको एउटा शाखा अधिकृतको तलब पुग्छ । मेरो यहाँको राज्यबाट ठूलो अपेक्षा केही गरेको छैन, म केवल धुलोको मुस्लोको आतंकबाट मुक्ति चाहन्छु, पानीको नियमित र सहज आपूर्ति चाहन्छु

त्यहाँको एकमहिने बसाइको क्रममा विश्वविद्यालयभित्र रहेको विद्युत्को ट्रान्सर्फमर पड्कियो । करिब ५ मिनेट विद्युत् अवरुद्ध भयो तर एकछिनमा सबै यथावत् सुचारु भयो । यदि हाम्रोमा भएको भए अहिले कुलमानको पालामा पनि कम्तीमा एक दिनभरि कुर्नुपर्थ्यो । हामीभन्दा विकासमा धेरै अगाडि नभएको थाइल्याण्डका जनतालाई प्रदान गरिएको सुविधा हेर्दा त्यो अहिले पनि मेरा लागि सपना जस्तो भएको छ ।

म विगत ३१ वर्षदेखि काठमाडौंको संसदीय क्षेत्र नं ६ को टोखानगर पालिकाको वडा नं ९ मा बसोबास गरिरहेको छु । नयाँ बसपार्क नजिकै भएको हुँदा त्यहाँ शहरीकरण तीव्र भएको कारणले गर्दा सुविधा भन्दा पनि समस्याको पहाड छ । भन्दाखेरि राजधानी शहरसँग जोडिएको नगर तर सडक र पानी तथा स्वच्छ वातावरणको सुविधा त परको कुरा बस्न लायकको ठाउँ पनि हुन छोडिरहेको छ ।

गोंगबु चोकदेखि साङ्ले खोलासम्म दिनमा हजारौं गाडी गुड्ने बाटो छ । त्यस्तै विष्णुमती करिडोरअन्तर्गत पनि खोलाकिनारको बाटो छ । त्यसलाई विगत ३/४ वर्षदेखि कहिले मेलम्ची, कहिले ढल र कहिले विद्युत् प्राधिकरणले खनेर बाटो भन्दा पनि कुनै धुलो बनाउने कारखाना जस्तो भएको छ ।

वषर्ात्को तीन महिना त पानीको कारणले हिलो भए पनि धुलो कम उड्थ्यो तर अहिले घर भित्र पनि सबै ठाउँमा धुलोको पत्र जमेको हुन्छ । बाहिर देखिने ठाउँमा त त्यस्तो धुलो हुन्छ भने हाम्रो श्वास-प्रश्वासमा कति धुलो पसेको होला अनुमान गर्न गाह्रो छ ।

खोलाकिनार र बजारको मुख्य बाटोमा उड्ने धुलोले त्यस क्षेत्रका बासिन्दा आजित छन् । टोखा नपाका मेयर एमाले पार्टीबाट छन्, उनले दोस्रोपटक चुनाव जितेका हुन् तर सडकलाई सफा राख्ने तथा धुलो रोक्नेतर्फ पालिकाको कुनै भूमिका देखिंदैन । ३० वर्षदेखि निरन्तर धुलो खानु हाम्रो नियति भएको छ ।

पानी हाम्रो जीवन हो, मैले त्यहाँ बसाइँ सर्दा ट्युबवेल गाडेर १८ फिटबाट पानी निकालेको थिएँ, तर त्यो पानी पहेंलो हुने हुँदा कामचलाउ मात्र थियो । पछि खानेपानी संस्थानले बोरिङको पानी वितरण गर्न थाल्यो । बस्ती अत्यन्त कम भएको हुँदा केही वर्ष छतमा चढाउन पनि मेशिन लगाउनु नपर्ने थियो, तर त्यो भाग्य दुई वर्ष पनि टिकेन ।

बस्तीको तीव्र विकाससँगै पानीको अभाव बढ्दै गयो । अहिले मेरो क्षेत्रमा दुई दिन बिराएर पानी आउँछ । दुई घण्टाको लागि सबै जनाले पानी तान्न मेशिन लगाउने भएको हुँदा मैले पनि लगाउनै पर्‍यो । कुनै कामविशेषले पानी आउने समयमा घर बाहिर हुनुपर्‍यो भने या त पानीबाट वञ्चित हुनुपर्छ या काम छोडेर समयमै घर पुग्नुपर्छ ।

मेरो छिमेकी गंगालाल अस्पतालमा मुटु विशेषज्ञ छन् । उनी पनि सबै काम छोडेर बेलाबेला पानी तान्न आइपुग्छन्, पानीको नियतिले मान्छेको ज्यान जोगाउन हरदम लाग्नुपर्ने मान्छेलाई पनि छोडेको छैन । दुई दिन बिराएर दुई घण्टा पानी पाउने म त भाग्यमानी छु, एकथोपा पानी नझर्ने टोल पनि मेरै गोंगबुको जाल्पा चोक क्षेत्रमा छ ।

धरानका स्वतन्त्र मेयरले पार्टीगत राजनीतिको कारणले कार्यपालिका बैठक समेत विवादित हुँदा पनि उनले काकाकुल भएका धरानवासीलाई विभिन्न ठाउँबाट पानी ल्याएर ख्वाएका छन् । तर म बस्ने नगरपालिकाले जनताका आधारभूत सेवा प्रदान गर्न पनि के गरिरहेको छ मलाई थाहा छैन ।

अहिले चुनावी प्रतिस्पर्धामा एमालेका तर्फबाट पूर्व आईजीपी सर्वेन्द्र खनाल, धेरै समय सत्तामा हालीमुहाली गरेका कांग्रेसका भीमसेनदास प्रधान छन् । अनि रवि लामिछानेको पार्टीबाट सुशील खनाल रहेका छन् । त्यसबाहेक अरूको नाउँ थाहा पनि छैन ।

पीएल सिंह महानगरको मेयर भएको बेला उनले कृष्णप्रसाद भट्टराईको चुनावी अभियानलाई सघाउ पुर्‍याउन बानेश्वर क्षेत्रका धेरै ठाउँमा पिच गराएका थिए । तर सर्वेन्द्र खनालले आफ्नो पार्टीका मेयरलाई काम गराउन किन सकेनन् ? त्यसैले उनी सांसद भए पनि हामीले के अपेक्षा गर्ने ?

भीमसेनदास सदावहार सत्तासीन व्यक्ति हुन् तर उनले पनि हाम्रो आधारभूत जिन्दगीलाई सहज बनाउनेतर्फ कुनै भूमिका निर्वाह गर्न सकेका छैनन् । स्वतन्त्र पार्टीका सुशील खनाल परीक्षण नै नभएका व्यक्तिबाट थप के अपेक्षा गर्ने ?

म यो देशको नियमित करदाता हुँ मैले तिरेको करबाट यहाँको एउटा शाखा अधिकृतको तलब पुग्छ । मेरो यहाँको राज्यबाट ठूलो अपेक्षा केही गरेको छैन, म केवल धुलोको मुस्लोको आतंकबाट मुक्ति चाहन्छु, पानीको नियमित र सहज आपूर्ति चाहन्छु । यदि पालिकाले सक्छ भने बिहानको वातावरणमा स्वच्छ हावा र हरियालीसहितको बाटोमा ‘मर्निङ वाक्’ गर्न पाउँ । यसको प्रत्याभूति हुने हो भने म भोट हाल्न लालायित हुनेछु । नत्र भने मैले मंसिर ४ गते घरमै आराम गरेर बस्नुपर्ने हुन सक्छ ।

अन्लाईनखबरबाट साभार गरिएको हो।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

के ‘सदगुरु’ जग्गी वासुदेव नै हुन्?

सन् २०१९  डिसेम्बर २८ का दिन भारतका प्रख्यात ‘गुरु’ जग्गी वासुदेवको युट्युब च्यानलमा एउटा भिडिओ प्रकाशित भयो। शीर्षक थियो- सदगुरु अन सिटिजनशिप अमेन्डमेन्ट एक्ट एन्ड एनआरसी। त्यसको दुई दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसाको पुल बाँध्दै वासुदेवको उक्त भिडिओ ट्विटरमा सेयर गरे- झन्डै २२ मिनेटको भिडिओमा मोदी सरकारले ल्याएका नागरिकतासम्बन्धी कानुनहरूबारे वासुदेव भनाइको सार यस्तो छ- नागरिकता संशोधन […]

Read More

कहिल्यै आएन आमाहरूलाई दसैं

बाल्यकालमा दसैं सधैं रमाइलो भयो। स्कुल बिदा हुने। नयाँ कपडा, मीठो खानेकुरा र पिङ खेल्न पाइने। मामाघर गएर दक्षिणा पाइने। पाहुनाहरूले ल्याएको ठाउँ-ठाउँको कोसेली खान पाइने। तर अचेल दसैं लगायत चाडपर्वका बेला आफ्नी आमा र अरू आमाहरूको भोगाइ देखेर कहाली लागेर आउँछ। चाडपर्वमा घरमा रमझम बढ्छ। घरको सबै लुगाफाटो धुने। सबै भित्ता र भुइँ लिपपोत गर्ने। साना […]

Read More

मेरो कर्णाली सपना

सन् १९६३ को अगस्ट महिनामा मार्टिन लुथर किंग जुनियरले एक भाषणमा भनेका थिए – ‘आई ह्याव ए ड्रिम’। आजपर्यन्त अमेरिकी सिभिल राइट्स मुभमेन्टमा भएको उक्त भाषण संसारको सबैभन्दा सुन्दर भाषण मध्येमा दरिएको छ। उक्त सपनाले आजसम्म अमेरिकामा समानताको लडाइँलाई उद्वेलित गराउने र उर्जा थप्ने काम गरेको छ। आज तिनै मार्टिन लुथर किंगका शब्द र भावना […]

Read More