Day: November 17, 2022

‘नयाँलाई बाटो खोल्नुपर्छ,देउवा अभिभावक भएर बस्नुपर्छ’

निर्वाचन क्षेत्रमा आफ्नो स्थिति कस्तो पाउनुभयो ? मतदातालाई भेट्नुअघि अलिअलि डर थियो, भेटेर अन्तरक्रिया गरेपछि त्यो डर हराएको छ । मैले भेट्ने १०० मतदातामध्ये ९५ जनाले तपाईं अब संसदीय दलको नेता बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ भन्नुभएको छ । त्यहाँ गएर दायाँ-बायाँ गर्ने होइन नि भनी सतर्क गराउनुभएको छ । मतदातामा आक्रोश र निराशा हुँदाहुँदै पनि म […]

Read More

बेलामा नबोल्ने सेलिब्रिटीको नाममा

जिब्रोले पहिचान गर्ने केही मूलभूत स्वादमध्ये तीतो पनि एक हो । तीतो स्वाद त्यति रुचिकर त लाग्दैन, तर यसमा औषधीय गुण सम्मिलित हुन्छ । औषधि तीतो हुन्छ । जडीबुटी तीतो हुन्छ । कुरा पनि ‘तीतो’ त्यति सहजै पच्दैन । तर तीतो कुराले नै सत्यको उद्घाटन गर्छ । कुरा सुरु गरौं, तीतो-सत्यबाटै । थुप्रै नेपाली सेलिब्रिटी […]

Read More

डाक्टरहरू जीवन जल खाँदै बिरामी जाँचिरहेका छन्!

ज्वरोले आलसतालस परेर बिछ्यौनामा पल्टिरहेका बेला म आँखा चिम्म गरेरै प्रश्न सोध्छु- मान्छेलाई रोग किन लाग्छ होला? प्रश्न छेउको कुर्सीमा बसेको एक जना मानिसलाई थियो जो म बिरामी परेँ भनेर मलाई भेट्न आएको थियो। अझ वास्तविक कुरा भन्छु। यो मान्छेलाई म आफैंले बिरामी परेपछि भेटौंभेटौं लागेर ‘मलाई भेट्न आउनुस्’ भनेर बोलाउन लगाएको हुँ।  के तपाईंलाई यस्तो […]

Read More

नेपालको ऐतिहासिक भुल कोशी सम्झौतामा!

नेपाल र भारतबीच सदियौं पुरानो राजनीतिक सम्बन्ध र इतिहास छ। राजनैतिक रूपमा सन् १८१५ डिसेम्बर २ मा नेपाल र तत्कालीन इस्ट-इन्डिया कम्पनीबीच शान्ति सम्झौता भयो। सन् १९५० जुलाई ३१ मा स्वतन्त्रतापछिको भारतसँग शान्ति तथा मैत्री सम्झौता भयो। यद्यपि हालसम्म पनि ती सम्झौता/सन्धिहरूका बारेमा विभिन्न कोणबाट बहस, छलफल निरन्तर जारी नै छ। नेपाल र भारतबीच सहकार्य […]

Read More

के ‘सदगुरु’ जग्गी वासुदेव नै हुन्?

सन् २०१९  डिसेम्बर २८ का दिन भारतका प्रख्यात ‘गुरु’ जग्गी वासुदेवको युट्युब च्यानलमा एउटा भिडिओ प्रकाशित भयो। शीर्षक थियो- सदगुरु अन सिटिजनशिप अमेन्डमेन्ट एक्ट एन्ड एनआरसी। त्यसको दुई दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसाको पुल बाँध्दै वासुदेवको उक्त भिडिओ ट्विटरमा सेयर गरे- झन्डै २२ मिनेटको भिडिओमा मोदी सरकारले ल्याएका नागरिकतासम्बन्धी कानुनहरूबारे वासुदेव भनाइको सार यस्तो छ- नागरिकता संशोधन […]

Read More

निम्स दाइको मोडल नेपालको विकास गर्न

उनीहरू विदेशी गगल्स लगाएर गाउँ घुम्थे। शिरमा छत्रे टोपी सिउरन्थे। ज्यानमा जिन्स पाइन्ट, ज्याकेट र जुत्ता; नाडीमा महँगो घडी; घाँटीमा क्यामरा; अनि हातमा टेप। ब्रिटिस पल्टनबाट फर्केका नेपाली लाहुरेहरूलाई देखेर हामी कलिला केटाहरू हिरिक्कै हुन्थ्यौं। हाम्रा निम्ति उनीहरू नै प्रेरणाका स्रोत थिए। हामी जुन समाजमा हुर्कियौं, त्यहाँ उनीहरूको विशेष सम्मान थियो। हाम्रै गाउँको एकाघरका तीन दाजुभाइ लाहुरे थिए। त्यस्तो संयोगलाई […]

Read More

डरले ढ्यांग्रो ठोकेकै होस् गगन थापाको मुटुमा पनि!

पचहत्तर वर्ष नाघिसकेका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने सपना देखिरहेका छन्। फेरि मात्र होइन, त्यसपछि पनि। उनी पाँच पटक प्रधानमन्त्री बनिसके। यस अवधिमा देशले सम्झिनलायक राम्रो काम उनले गरेका छैनन्। बरू उनले गरेका उट्पट्याङ कामको चर्चा धेरै छ। सांसदहरूको किनबेच, उनीहरूलाई पजेरो किन्दा कर छुट दिएको, सत्ता टिकाउन जम्बो मन्त्रिमन्डल गठन, पार्टी फुटाएको, द्वन्द्वकालमा […]

Read More