भरतपुरमा उमेश श्रेष्ठको गाडी तोडफोड

३० कात्तिक, चितवन । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

युक्रेनमा रूसी हमला : भ्रम र यथार्थ

केही समयअघि यसै अनलाइनमा प्रकाशित एक लेखमा मैले युक्रेन शक्ति राष्ट्रहरूको भूराजनीतिक द्वन्द्वको चपेटामा परेकाले पहिला फुर्सदमा गरिने गफ जस्तो लाग्ने युद्ध अहिले वास्तविकतामा परिणत हुँदै गएको कुरा उल्लेख गरेको थिएँ। त्यसबेला रूस र पश्चिमी शक्तिहरूबीच युद्ध रोक्नेबारे वार्ता चलिरहेको थियो र धेरैलाई यो उन्मादलाई विवेकले जित्नेछ र युद्धको सम्भावना टर्नेछ भन्ने आशा थियो। तर […]

Read More

‘भविष्यमा राजनीतिमा आउँछु, तर फिल्म क्षेत्र छाड्छु’

काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि उनले आफूले राजनीतिक र सामाजिक मुद्दामा बोलिरहेको बताए । तर अहिले भने आफू अर्धमौन अवस्थामा रहेको दीपकले बताए । ‘राजनीतिक विषयमा बोलिरहेको छु, अहिले अर्धमौन […]

Read More

कुलमान प्रसंग : लहडमा होइन, तथ्यमा विश्लेषण गरौं

कुलमान घिसिङलाई दोस्रो कार्यकाल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुपर्ने आवाज सर्वसाधारणबाट उठिरहेको छ । यो आवाज तथ्यमा भन्दा बढी लहडमा उठेको देखिन्छ । कुनै पनि निष्कर्ष वा निर्णयमा पुग्नुअघि वस्तुगत विश्लेषण आवश्यक पर्छ । वस्तुगत विश्लेषणका लागि पुष्टि भएका तथ्यांक चाहिन्छ । यसै आधारमा कुलमानबारे विश्लेषण गरौं । कुलमान घिसिङ २०७३ को भदौ ३१ […]

Read More