विश्वकपको उदघाटन खेलमा आयोजक कतार को हार

५ मंसिर, काठमाडौं । आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे ।

१६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे ।

कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए पनि कतारले त्यो तयारीको नतिजा निकाल्न सकेन । कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिए ।

अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

साफ यू–१५ महिला च्याम्पियनसिप : लगातार तेस्रो जितसहित नेपाल उपाधि नजिक

२३ कात्तिक, काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ । बंगलादेशको बीएसएसएस मुस्तफा कमल मैदानमा दोस्रो हाफको सुरुमै सब्स्टिच्युड सेनु परियारले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले ४९औं मिनेटमा गोल गरेकी थिइन् । यो जितसँगै नेपालले उपाधिको सम्भावना बलियो […]

Read More

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

२४ कात्तिक, काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ । फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू […]

Read More