Year: 2022
डरले ढ्यांग्रो ठोकेकै होस् गगन थापाको मुटुमा पनि!
पचहत्तर वर्ष नाघिसकेका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुने सपना देखिरहेका छन्। फेरि मात्र होइन, त्यसपछि पनि। उनी पाँच पटक प्रधानमन्त्री बनिसके। यस अवधिमा देशले सम्झिनलायक राम्रो काम उनले गरेका छैनन्। बरू उनले गरेका उट्पट्याङ कामको चर्चा धेरै छ। सांसदहरूको किनबेच, उनीहरूलाई पजेरो किन्दा कर छुट दिएको, सत्ता टिकाउन जम्बो मन्त्रिमन्डल गठन, पार्टी फुटाएको, द्वन्द्वकालमा […]
Read Moreकहिल्यै आएन आमाहरूलाई दसैं
बाल्यकालमा दसैं सधैं रमाइलो भयो। स्कुल बिदा हुने। नयाँ कपडा, मीठो खानेकुरा र पिङ खेल्न पाइने। मामाघर गएर दक्षिणा पाइने। पाहुनाहरूले ल्याएको ठाउँ-ठाउँको कोसेली खान पाइने। तर अचेल दसैं लगायत चाडपर्वका बेला आफ्नी आमा र अरू आमाहरूको भोगाइ देखेर कहाली लागेर आउँछ। चाडपर्वमा घरमा रमझम बढ्छ। घरको सबै लुगाफाटो धुने। सबै भित्ता र भुइँ लिपपोत गर्ने। साना […]
Read Moreकिन जरूरी छ त आयोगले दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति रोक्न?
नेपालको संविधानले सबै तहको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण, समन्वय एवं सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी निर्वाचन आयोगको हुने व्यवस्था गरेको छ। आयोगले ‘आयोगको नेतृत्वः सबैको दायित्व’ भन्ने मान्यताका साथ निर्वाचन व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्दै छ। यसै क्रममा यही मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ। […]
Read Moreमेरो कर्णाली सपना
सन् १९६३ को अगस्ट महिनामा मार्टिन लुथर किंग जुनियरले एक भाषणमा भनेका थिए – ‘आई ह्याव ए ड्रिम’। आजपर्यन्त अमेरिकी सिभिल राइट्स मुभमेन्टमा भएको उक्त भाषण संसारको सबैभन्दा सुन्दर भाषण मध्येमा दरिएको छ। उक्त सपनाले आजसम्म अमेरिकामा समानताको लडाइँलाई उद्वेलित गराउने र उर्जा थप्ने काम गरेको छ। आज तिनै मार्टिन लुथर किंगका शब्द र भावना […]
Read Moreलोकसेवालाई ‘बाहुनसेवा’ जस्तो नबनाइयोस्
लोकसेवा आयोगको हालैको विज्ञापन ठूलो विवादमा परेको छ । विवादित हुनुको मुल कारण आरक्षणतर्फको सीट घट्नु हो । ठूलो संख्यामा (९ हजार १६१ सिटका लागि) विज्ञापन गरिँदा आरक्षणतर्फ थोरैमात्र सिट छुटयाइएको छ । विभिन्न समूहहरुमा विज्ञापन गरेको हुनाले सबै पद, सेवा, समूहमा आरक्षण हुन नसक्नु स्वाभाविक हो । कुनै समूहमा दुईटा, कुनैमा चारवटा मात्रै सिटमा […]
Read More‘सार्वजनिक यातायात प्रणालीको समस्या राज्यले निम्त्याएको हो’
यातायात क्षेत्रको सुधार नभई देशको अवस्था बदलिंदैन । हाम्रो यातायात प्रणालीमा सार्वजनिक यातायातले कहिल्यै महत्व पाएन । अहिलेसम्म निजी क्षेत्रले नै जोखिम मोलेर सार्वजनिक यातायात क्षेत्रलाई यो अवस्थामा ल्याएको हो । यसमा सरकारले निर्वाह गर्नुपर्ने न्यूनतम भूमिका पनि पूरा नगरेको महसुस हामीलाई हुन्छ । एक त दल र सरकार सार्वजनिक यातायातको व्यवस्थापन गर्नुपर्छ भन्ने कुरालाई […]
Read More‘गरिबको जीवन सहज हुँदैन सार्वजनिक यातायात स्तरीय नभई’
राजनीतिक दलका नेता आफ्नै गाडी चढ्छन् । उनीहरूका कार्यकर्ता पनि निजी सवारी साधन नै प्रयोग गर्छन् । नेपालमा सार्वजनिक सवारीको प्रयोगकर्ता फरक छन् । सार्वजनिक बस चढ्ने सर्वसाधारण हुन्, दैनिक जीविका चलाउन र कार्यालय आउने-जाने गर्नेहरू यसका प्रयोगकर्ता हुन् । यसमा सास्ती भोग्ने अरू कोही हुन् त्यसैले नेता कार्यकर्ताको हृदयलाई उनीहरूको दुःख-पीडाले खासै छुँदैन । […]
Read Moreकिन ज्यानभन्दा स्वतन्त्रता प्यारो युक्रेनीहरूलाई ?
धेरै नेपालीहरूको रूस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति अचम्मको लगाव छ। उनीहरू सोच्छन्- युक्रेन मामिलामा पुटिनका सबै मागहरू अमेरिका र युरोपले मानिदिएको भए यत्रो युद्धै हुँदैन थियो। हजारौं मानिसको ज्यान बच्थ्यो। लाखौं घाइते हुँदैन थिए। दसौं लाख मानिस विस्थापित हुनु पर्दैन थियो। आखिर पुटिनले रूसको सुरक्षा त मागेका थिए। उनको देशलाई नेटोले घेराबन्दी गर्न के जरूरी थियो? युक्रेनसित व्यापार सम्झौताका […]
Read Moreचेतनाको विद्रोह चुनावले जन्माएको
लोकतन्त्रको एउटा सबैभन्दा ठूलो सुन्दरता भनेकै आवधिक निर्वाचन हो । शक्तिको केन्द्रमा बसेर राज्य सत्ताको बागडोर सम्हाल्ने एवं राज्यको नीति र्निमाण तहमा पुग्ने राजनीतिककर्मीहरु पुनः जनताको विचमा परीक्षण हुने, नयाँ नेतृत्वहरु थपिने र आम मानिसको हातमा सत्ताको चाबी आउने अभूतपूर्व पर्व हो निर्वाचन । संसारका चुनावमा देखिएका पुँजीवादी एवं पैसा हुनेहरुको हस्तक्षेप र गलत अभ्यासका […]
Read Moreके आदिवासी जनजाति असक्षम हुन् ?
आदिवासी, जनजाति र दलितहरु असक्षम भएकाले नै कर्मचारी तन्त्र, राज्य तथा गैरराज्यका विभिन्न महत्वपूर्ण निकायका महत्वपूर्ण पदहरुबाट बहिस्करणमा परेका हुन् भन्ने सोच नेपाली जनमानसमा व्यापक छ । कुनै जातजाति सक्षम हुन्छन् र कोही असक्षम हुन्छन् भन्ने चरम जातीय सोच हो भनेर संसारमा स्थापित भइसकेता पनि नेपालमा यस्ता दृष्टिकोण ‘शिक्षित’हरु माझ पनि ब्यापक रहेकाले तिनलाई चिर्न […]
Read More