Year: 2022
प्रदेश झरेका चेम्जोङलाई पूर्वसहकर्मी नै चुनौती
२३ कात्तिक, धनकुटा । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको धनकुटाको प्रदेश सभा १ मा तीन जना पूर्वसहकर्मी मुख्य प्रतिस्पर्धी छन् । उनीहरु हुन् नेकपा एमालेका धनकुटा सचिव निरन राई, गठबन्धनबाट एकीकृत समाजवादीका धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राई […]
Read Moreइन्द्रमणि एक्लै ढुक्क, कुसुमलाई गठबन्धनको भर
२४ कात्तिक, धनकुटा । ४ मंसिरमा हुने निर्वाचनमा धनकुटाको प्रदेश सभा-२ पूर्वसांसद इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । पराजुली २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने श्रेष्ठ समानुपातिक पद्धतिबाट निर्वाचित भएकी थिइन् । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण इन्द्रमणिले सहज ढंगले चुनाव जितेका थिए । तर, […]
Read Moreचुनावपछि को बन्छ प्रधानमन्त्री ? तीन सम्भावना, दुई विकल्प
२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाले आम चुनावपछि संयुक्त सरकार बनाउने घोषणा गर्दै चुनावी गठबन्धन गरेका छन् । तर आफ्नो बहुमत सुनिश्चित भएमा को प्रधानमन्त्री बन्छ भन्नेमा उनीहरू बीचमै एक मत छैन । चुनावी घोषणापत्रमार्फत कांग्रेस र माओवादी केन्द्र दुबैले सरकारको नेतृत्व गर्ने दाबी […]
Read Moreमोरङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता
२४ कात्तिक, काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली […]
Read Moreविश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना
२४ कात्तिक, काठमाडौं । मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ । फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू […]
Read Moreमुख्यमन्त्री र मन्त्रीमाथि अविश्वास : ‘यिनले कति ढाँट्न सक्या हुन् !’
२३ कात्तिक, कालिकोट । सदरमुकाम मान्म बजार बिहानैदेखि सिंगारिंदैछ । चोक–चोकमा सत्तारुढ गठबन्धन दलका झण्डा फहराइरहेका छन् । अन्य दिनभन्दा मंगलबार बजार क्षेत्रमा मान्छेहरूको चहलपहल बढेको छ । मान्म बजारका साँघुरा गल्लीहरूमा एउटा गाडी माइकिङ्ग गर्दै गुडिरहेको थियो । माइकिङ्गमा सुनिन्थ्यो, ‘गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री, जननायक, माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भएकाले […]
Read Moreकाठमाडौं ६ मा पूर्व रक्षामन्त्री र पूर्व आईजीपी आमनेसामने
२३ कात्तिक, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा भीमसेन दास प्रधान रक्षामन्त्री हुँदा सर्वेन्द्र खनाल नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) थिए । राजपत्राङ्कित प्रथम श्रेणीका अफिसरका रुपमा छँदा औपचारिक/अनौपचारिक सन्दर्भमा हुने भेटमा खनाल प्रधानलाई ‘सल्युट’ गर्थे । यो २०७४ सालतिरको कुरा हो । त्यसयता पाँच वर्ष अवधिमा सर्वेन्द्र बढुवा भएर प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) […]
Read More