सुरुवात तपाइको विचारबाटै

आफ्नो बिमारीलाई लिएर सामन्था भन्छिन्, ‘म मरिसकेकी छैन’

भारतीय अभिनेत्री सामन्था रूथ प्रभु रोगसँग लडिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत बिरामी भएको खबर सार्वजनिक गरेकी हुन्।

सामन्थाका अनुसार उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको हो। यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ। गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ। 

डाक्टरहरूले आफ्नो रोग पूर्ण रूपमा निको हुने बताएकी छन्। आफूलाई केही महिनाअघि नै मायोसाइटिस रोग लागेको उनले बताएकी हुन्। 

उनले आफू बिरामी भएको खबर सार्वजनिक गरेपछि प्रशंसक र उनका साथीले उनलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएका थिए भने केही सञ्चारमाध्यमले उनको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै अफवाह फैलाएका थिए।

उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उक्त समाचारको खण्डन गरेकी छन्। 

‘म एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु, मैले केही सञ्चार माध्यममा मेरो अवस्था गम्भीर भएको र ज्यानलाई खतरा छ भन्ने देखेँ। म जुन स्थितिमा छु, त्यसबाट मेरो ज्यानलाई कुनै खतरा छैन। म अहिलेसम्म मरिसकेकी छैन। यस्तो शीर्षक राख्न जरुरी छैन,’ उनले भनिन्।

सामन्थाको नयाँ फिल्म ‘यशोदा’ आउँदैछ। हरि शंकर र हरिश नारायणद्वारा लिखित र निर्देशित फिल्म ‘यशोदा’ सरोगेसी (भाडाको कोख) को मुद्दामा बनेको छ। भारतमा अहिले व्यावसायिक सरोगेसीमा प्रतिबन्ध लगाइएको छ। त्यसैले यो फिल्मको कथा प्रतिबन्ध लाग्नुअघिको भएको अनुमान गरिएको छ।

यशोदाको भूमिकामा देखिएकी सामन्था गरिब परिवारकी हुन्छिन्। उनी पैसाका लागि अत्याधुनिक सरोगेसी केन्द्रमा पुग्छिन् र आफ्नो कोख भाडामा लगाउँछिन्। तर यो उनले सोचेभन्दा व्यापक र भयावह हुन्छ। उनी कुनै अप्ठ्यारोमा फस्छिन्। 

फिल्मकी मुख्य पात्र यशोदा कमजोर छैनन्। ट्रेलरमा उनी आफ्ना समस्या र दुश्मनसँग लडिरहेकी देखिन्छिन्। यस क्रममा सामन्थाको एक्सन पनि देख्न पाइन्छ। 

तमिल र तेलेगू भाषामा बनेको यो फिल्म हिन्दीमा पनि डब भएको छ। यो फिल्म आगामी नोभेम्बर ११ मा रिलिज हुने बताइएको छ।

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *