समाज

के ‘सदगुरु’ जग्गी वासुदेव नै हुन्?

सन् २०१९  डिसेम्बर २८ का दिन भारतका प्रख्यात ‘गुरु’ जग्गी वासुदेवको युट्युब च्यानलमा एउटा भिडिओ प्रकाशित भयो। शीर्षक थियो- सदगुरु अन सिटिजनशिप अमेन्डमेन्ट एक्ट एन्ड एनआरसी। त्यसको दुई दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसाको पुल बाँध्दै वासुदेवको उक्त भिडिओ ट्विटरमा सेयर गरे- झन्डै २२ मिनेटको भिडिओमा मोदी सरकारले ल्याएका नागरिकतासम्बन्धी कानुनहरूबारे वासुदेव भनाइको सार यस्तो छ- नागरिकता संशोधन […]

Read More

कहिल्यै आएन आमाहरूलाई दसैं

बाल्यकालमा दसैं सधैं रमाइलो भयो। स्कुल बिदा हुने। नयाँ कपडा, मीठो खानेकुरा र पिङ खेल्न पाइने। मामाघर गएर दक्षिणा पाइने। पाहुनाहरूले ल्याएको ठाउँ-ठाउँको कोसेली खान पाइने। तर अचेल दसैं लगायत चाडपर्वका बेला आफ्नी आमा र अरू आमाहरूको भोगाइ देखेर कहाली लागेर आउँछ। चाडपर्वमा घरमा रमझम बढ्छ। घरको सबै लुगाफाटो धुने। सबै भित्ता र भुइँ लिपपोत गर्ने। साना […]

Read More

मेरो कर्णाली सपना

सन् १९६३ को अगस्ट महिनामा मार्टिन लुथर किंग जुनियरले एक भाषणमा भनेका थिए – ‘आई ह्याव ए ड्रिम’। आजपर्यन्त अमेरिकी सिभिल राइट्स मुभमेन्टमा भएको उक्त भाषण संसारको सबैभन्दा सुन्दर भाषण मध्येमा दरिएको छ। उक्त सपनाले आजसम्म अमेरिकामा समानताको लडाइँलाई उद्वेलित गराउने र उर्जा थप्ने काम गरेको छ। आज तिनै मार्टिन लुथर किंगका शब्द र भावना […]

Read More

लोकसेवालाई ‘बाहुनसेवा’ जस्तो नबनाइयोस्

लोकसेवा आयोगको हालैको विज्ञापन ठूलो विवादमा परेको छ । विवादित हुनुको मुल कारण आरक्षणतर्फको सीट घट्नु हो । ठूलो संख्यामा (९ हजार १६१ सिटका लागि) विज्ञापन गरिँदा आरक्षणतर्फ थोरैमात्र सिट छुटयाइएको छ । विभिन्न समूहहरुमा विज्ञापन गरेको हुनाले सबै पद, सेवा, समूहमा आरक्षण हुन नसक्नु स्वाभाविक हो । कुनै समूहमा दुईटा, कुनैमा चारवटा मात्रै सिटमा […]

Read More

‘गरिबको जीवन सहज हुँदैन सार्वजनिक यातायात स्तरीय नभई’

राजनीतिक दलका नेता आफ्नै गाडी चढ्छन् । उनीहरूका कार्यकर्ता पनि निजी सवारी साधन नै प्रयोग गर्छन् । नेपालमा सार्वजनिक सवारीको प्रयोगकर्ता फरक छन् । सार्वजनिक बस चढ्ने सर्वसाधारण हुन्, दैनिक जीविका चलाउन र कार्यालय आउने-जाने गर्नेहरू यसका प्रयोगकर्ता हुन् । यसमा सास्ती भोग्ने अरू कोही हुन् त्यसैले नेता कार्यकर्ताको हृदयलाई उनीहरूको दुःख-पीडाले खासै छुँदैन । […]

Read More

किन ज्यानभन्दा स्वतन्त्रता प्यारो युक्रेनीहरूलाई ?

धेरै नेपालीहरूको रूस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति अचम्मको लगाव छ। उनीहरू सोच्छन्- युक्रेन मामिलामा पुटिनका सबै मागहरू अमेरिका र युरोपले मानिदिएको भए यत्रो युद्धै हुँदैन थियो। हजारौं मानिसको ज्यान बच्थ्यो। लाखौं घाइते हुँदैन थिए। दसौं लाख मानिस विस्थापित हुनु पर्दैन थियो। आखिर पुटिनले रूसको सुरक्षा त मागेका थिए। उनको देशलाई नेटोले घेराबन्दी गर्न के जरूरी थियो? युक्रेनसित व्यापार सम्झौताका […]

Read More

के आदिवासी जनजाति असक्षम हुन् ?

आदिवासी, जनजाति र दलितहरु असक्षम भएकाले नै कर्मचारी तन्त्र, राज्य तथा गैरराज्यका विभिन्न महत्वपूर्ण निकायका महत्वपूर्ण पदहरुबाट बहिस्करणमा परेका हुन् भन्ने सोच नेपाली जनमानसमा व्यापक छ । कुनै जातजाति सक्षम हुन्छन् र कोही असक्षम हुन्छन् भन्ने चरम जातीय सोच हो भनेर संसारमा स्थापित भइसकेता पनि नेपालमा यस्ता दृष्टिकोण ‘शिक्षित’हरु माझ पनि ब्यापक रहेकाले तिनलाई चिर्न […]

Read More

मैले किन हाल्ने भोट ?

आजभन्दा २६ वर्ष अगाडिको कुरा हो । यो अवधि मेरो लागि एक युग हो । म क्यानडाको नोभास्केशिया राज्यको एण्टी गोनिस भन्ने ठाउँमा पढ्दैथिएँ । सो राज्यको हेलिफ्याक्सलाई संसारले खासै चिन्दैन । तर टाइटानिक जहाज र त्यसमा बनेको फिल्मलाई सम्झिने व्यक्तिहरूले यसलाई सो जहाज डुबेको ठाउँ भनेर चिन्दछन् । सो क्षेत्रमा म पाँच महिना बस्दा […]

Read More

एकपटक सोचौं मतदानगर्नुअघि- किन,कसलाई,केका लागि भोट दिने ?

‘भोट’ एक औपचारिकता, केही मिनेट लाइन बसेर लगाइने एक छाप मात्र हैन । भोट लोकतन्त्रको सार हो । भोट नागरिक सार्वभौमसत्ताको अवधारणाबाट निसृत छ । नागरिक चाहे धनी होस् वा गरिब वा जुनसुकै जात, वर्ण, लिंग, धर्म र समुदायको– सबैको भोट एक र बराबर हो । लोकतन्त्रमा राज्यशक्तिका स्रोत नागरिक हुुन् । र, त्यो शक्ति […]

Read More

लक्ष्मीको आराधना के पुँजीवादीहरूले मात्रै गर्छन्?

लक्ष्मी भन्नेबित्तिकै हाम्रो आँखामा एउटा सुन्दर स्त्रीको चित्र आउँछ। पूर्ण शृंगारमा राम्राराम्रा पहिरनमा, गहनागुरियाले झपक्क। चार हात भएकी, एउटामा धनको घडा लिएकी। अर्थात् लक्ष्मी भनेकी धनकी देवी हुन्। उनलाई खुसी पार्न सकियो भने हामीले धेरै धन पाउँछौं। साँच्चिकै लक्ष्मी धनकी मात्रै देवी हुन् त? हामीले बुझ्दै नबुझेका, गलत रूपमा बुझेका र बुझ्न बाँकी धेरै कुराहरूमध्ये एउटा यो हो। […]

Read More